महिला लघुवित्तले ९ महिनामा कमायो ३ करोड नाफा

0
Shares

महिला लघुवित्त वित्तीय संस्थाले चालु आवको ९ महिना अवधिमा ३ करोड २ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा लघुवित्तले २ करोड ७ लाख ८८ हजार नाफा कमाएको थियो।

६ करोड पूँजीमा काभ्रेमा केन्द्रीय कार्यालय सहित स्थापना भएको लघुवित्तले हालसम्म सर्वसाधारणमा शेयर निष्काशन गरेको छैन । लघुवित्तको जगेडा कोषमा ९ करोड ६८ लाख रुपैयाँ सञ्चित छ।

चैतसम्म लघुवित्तले ८९ करोड बचत संकलन गरि १ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ९ करोड ९२ लाख खुद ब्याज आम्दानी गरेको हो। गत आवको यसै अवधिमा उसले ६ करोड १ लाख खुद ब्याज आम्दानी आर्जन गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात १.०४ प्रतिशतबाट बढेर २.५३ प्रतिशतमा पुगेको छ । खराब कर्जा बढ्दा लघुवित्तले ४ करोड १२ लाख कर्जा नोक्सानी व्यवस्था गरेको छ भने १ करोड ५७ लाख असुली (राइडब्याक) गरेको छ।

२०७५ कार्तिक १ गतेदेखि वित्तीय कारोबार सुरु गरेको यस लघुवित्तले हाल ५० वटा शाखा कार्यलयमार्फत आफ्नो वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रबार  ०८ : २९ बजे