आठ जना कोरोना संक्रमित निको भएपछि अस्पतालबाट डिस्चार्ज

0
Shares

विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका २५ जना कोरोना संक्रमितहरुमध्ये आठ जना डिस्चार्ज भएका छन् । उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो ।

लगातार तीन पटक गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई आज डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा भारतिय एक जना, विराटनगरका दुई जना र उदयपुरको भुल्केका ५ जना रहेका छन् ।

उनीहरुलाई बैशाख ८, ९ र १० गते संक्रमण पाईएपछि उपचारका लागि कोरोना विशेष उपचार केन्द्रमा ल्याइएको थियो । बुधवार मात्र ६ जनालाई विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रबाट डिस्चार्ज गरिएको थियो । उनीहरुलाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टिनमा राखिएको छ ।

कोशी अस्पतालमा भोजपुरको हतुवागढीको १ र झापाको बाह्रदशी र दमकको दुई जना गरी अहिले कूल २५ जना उपचार गराइरहेका छन । प्रदेश १ मा फेला परेका ३१ जनामध्ये अब १७ जना मात्रै कोशी अस्पतालमा रहनेछन् ।

प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रबार  १३ : ४८ बजे