नेपालको आर्थिक वृद्धिदर एक प्रतिशत मात्रै रहने आईएमएफको नयाँ प्रक्षेपण

0
Shares

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर १ प्रतिशतमात्रै रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।

कोरोना भाइरसजन्य महामारी (कोभिड–१९) र त्यसको कारणले उत्पन्न आर्थिक संकटका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १ प्रतिशत माथि नरहने उसको भनाई छ।

यस अघि मुद्रा कोषले  वर्ल्ड इकोनोमिक आउटलुक (अप्रिल २०२०)मा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत रहने प्रक्षेपणसार्वजनिक गरेको थियो।

मुद्रा कोषले नेपालका लागि करिब २६ अर्ब रुपैयाँको संकटमोचक ऋण सहायता (द्रूत ऋण सुविधा–आरसीएफ) स्वीकृति गर्दे नयाँ वृद्धिदर प्रक्षेपण गरेको हो।

यसअघि विश्व बैंकले कम्तिमा १.५ प्रतिशत वृद्धिदर रहने अनुमान सार्वजनिक गरेको थियो।

तथ्यांक विभागले पनि कोरोना भाइरस महामारीका कारण आर्थिक गतिविधि खुम्चिने अनुमानका आधारमा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई २१ करोड ४० लाख अमेरिकी डलर (करिब २५ अर्ब ६८ करोड रुपैयाँ) सहुलियत ऋण दिने भएको छ। आइएमएफ बोर्डले नेपाललाई दिने उक्त ऋण प्रस्ताव केही दिन अघि स्वीकृत गरेको थियो।