हालसम्म ७० हजार बढी कोरोना नमुना परीक्षण, आइसोलेशनमा १३५ हुँदा रेडजोनमा ३३६ जना

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ७० हजार २३ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पिसिआर प्रविधिबाट १५ हजार ४९२ र आरडिटी प्रविधिबाट ५४ हजार ५३१ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर थप १ हजार ८५९ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ६ हजार ८४९, प्रदेश नं २ मा ५ हजार ३५६, वाग्मती प्रदेशमा ९ हजार ६०, गण्डकी प्रदेशमा ६ हजार ३७७, प्रदेश नं ५ मा ६ हजार ९९, कर्णाली प्रदेशमा ६ हजार १७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६१६ जनामा कोरोना परिक्षण गरिएको छ।

  • १५ हजार ६२४ जना क्वारेटाइनमा, ‘रेडजोन’ मा ३३६

मुलुकभर हालसम्म जम्मा १५ हजार ६२४ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार ६४५ जना, प्रदेश नम्बर दुईमा १ हजार २९१ जना, वाग्मती प्रदेशमा २७२ जना, गण्डकी प्रदेशमा ५११ जना, प्रदेश नम्बर पाँचमा ५ हजार ८०७ जना, कर्णालीमा २ हजार ७०५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३९३ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल १३५ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा ३ र उपत्यकाबाहिर १३२ जना आइसोलेशनमा रहेका छन् । मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा २ हजार ४२ स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ३३ हजार ७९७ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा २७५ आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप १ जना ‘रेडजोन’ मा परेका छन् । यससँगै रेड जोनाम पर्नेरुको संख्या ३३६ पुगेको छ।

रेडजोनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।

प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रबार  १६ : ३२ बजे