शुक्रबार थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो

0
Shares

शुक्रबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप एकजना कोरोना पोजेटिभ नतिजा आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा १६ वर्षिया पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

नेपालगञ्जमा थप एकजना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १०२ जना पुगेको छ। जसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन्।

संक्रमितमध्ये प्रदेश नम्बर एकमा ३१ जना, प्रदेश नम्बर दुईमा ३० जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर पाँचमा २७ जना, कर्णालीमा शुन्य र सुदूरपश्चिम प्रदेशमा ५ जना गरि कूल १०२ जना रहेका छन्।

संक्रमित ७२ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ। रुपन्देहीमा ३ जना, नेपालगञ्जमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २६ जना, विराटनगरमा १७ जनाको उपचार भैरहेको छ।

प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रबार  १६ : ४१ बजे