उद्योग र कारोबार सञ्चालन गर्न दिए पनि समस्या कायमै

0
Shares

नेपाल समुद्रपार निकासी पैठारी संघले सरकारले लकडाउन खुकुलो बनाएर केहि उद्योग र कारोबार संचालन गर्न दिएपनि समस्या कायमै रहने बताएको छ ।

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दे लकडाउन खुकुलो बनाउने नीतिले सर्वसाधारण सेवाग्राहीलाई आवश्यक वस्तु प्राप्त गर्न सजिलो हुनुका साथै आपूर्ति व्यवस्था सामान्य बनाइराख्न र उद्योग, व्यवसायलाई सञ्चालन खर्च जुटाउन मद्दत पुग्ने यस ठहर गरेको छ तर उद्योगहरुबाट उत्पादित वस्तु ढुवानी तथा त्यसको खुद्रा कारोबार सहज नहुन्जेल उत्पादनको कुनै अर्थ रहँदैन । संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

कुनै पनि उद्योगबाट उत्पादित वस्तु स्टकिस्ट, डिलर, खुद्रा बिक्रेता हुँदै उपभोक्तासम्म पुग्ने हो । तर यतिखेर उद्योगीहरु सामु उत्पादित वस्तु ढुवानी गरेर उपभोक्तासम्म कसरी पु¥याउने, खुद्रा बिक्रेताले कहिले बिक्री गर्न पाउने लगायत समस्या छन् संघका महासचिव मदन मित्तले बताए।

‘सरकारले सञ्चालन अनुमति दिएका उद्योगका उत्पादन ओसारपसार गर्ने सवारी साधनका लागि पास लिनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतर्फ पास वितरण गर्ने निकायसम्म पुग्न पनि उत्तिकै कठिन छ।’ उनले भने।

तसर्थ केही निश्चित उद्योग तथा व्यवसाय सञ्चालन गर्न अनुमति दिए जस्तै खाद्य वस्तु बाहेकका उत्पादन ढुवानी गर्ने साधन सहजै चल्न पाउने, सेवा प्रदान गर्ने निकायसम्म सर्वसाधारण जान सक्ने र खुद्रा बिक्री गर्ने बिक्रेताका लागि समेत सहज हुने वातावरण तयार गर्न यो संघ जोडदार माग गर्दछ । संघको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रबार  १८ : १२ बजे