उपभोक्ता संरक्षण विभागद्धारा चार पसललाई कारवाहीः पाँच लाख राजश्व संकलन

0
Shares

दोहोरो बिल जारी गरेवापत दुई बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्रीवितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।

कुलेश्वरस्थित समर किराना पसलले बिल जारी नगरी दोहोरो मूल्य कायम गरेको र साधारण बिलको प्रयोग गर्ने गरेको भेटिएपछि तीन लाख जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।

उनका अनुसार कालीमाटीस्थित श्रेष्ठ किराना सेन्टरले थोक व्यापारमा दोहोरो मूल्य कायम गरेर नक्कली बिल जारी गरी उपभोक्ता ठगेकाले उक्त सेन्टरलाई दुई लाख जरिवाना गरिएको छ ।

आज नै कोटेश्वरस्थित उदयपुर फ्रेस हाउसलाई खरीद बिल नदेखाएको र कालीमाटीस्थित बिएस ब्रदर्श स्टोरलाई अनुगमनमा असहयोग गरेको भन्दै २०।२० हजार जरिवाना गरिएको छ । ती चार पसललाई आज कारवाही गर्दा पाँच लाख ४० हजार राजश्व संकलन भएको बताइएको छ ।

प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रबार  १९ : ४८ बजे