कपिलवस्तु पुग्यो कन्ट्रयाक्ट ट्रेसिङ टोली

0
Shares

मायादेवी गाउँपालिका– ४ अभिरावका दुई युवामा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङका लागि प्रादेशिक अस्पतालबाट चार सदस्य टोली आज कपिलवस्तु आएको छ।

टोलीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसहित स्वास्थ्यकर्मीसँग छलफल गरेको थियो । प्रादेशिक अस्पतालका डा. यदुनाथ घिमिरेको नेतृत्वमा टोली सङ्क्रमितको अभिरावस्थित घरमा पुगेको प्रजिअ पौडेलले जानकारी दिए।

टोलीले संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी आवश्यक परीक्षण समेत गर्नेछ । टोली पकडीस्थित छत्रपाली तीर्थादेवीको क्वारेन्टाइनमा समेत जानेछ । अभिरावका १६ र २२ वर्षका युवकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

 

प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रबार  २१ : २६ बजे