उदयपुर, कपिलवस्तु र पर्सामा भेटिए थप ७ कोरोना संक्रमित, कूल १०९ पुग्यो

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुर, कपिलवस्तु र पर्सा गरि तीन जिल्लामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। संक्रमितमध्ये ४ पुरुष र ३ महिला रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये उदयपुर भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु तथा कपिलवस्तु निवासी १७, १८ र १८ वर्ष तथा पर्साका ६२ वर्षिया पुरुषमा संक्रमण नतिजा पोजेटिभ आएको हो।

यससँगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ।

प्रकाशित मिति: २७ वैशाख २०७७, शनिबार  ०८ : २८ बजे