एनबीआईद्धारा एकिकृत राहतका कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण, १ हजार थान पीपीई हस्तान्तरण

0
Shares

राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले चीनबाट खरीद गरी ल्याएको एक हजार थान स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण करेको छ । करिब ३० लाख रुपैयाँ मूल्य बराबरको उक्त सामग्रीमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) रहेका छन् ।

एनबीआईले शुक्रबार एक समारोहबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सो सामग्रीहरू स्वास्थ्य मन्त्रालयले आवश्यकता हेरी सातै प्रदेशमा हस्तान्तरण गर्ने जनाइएको छ ।

कार्यक्रममा मन्त्री भट्टले कोरोना संकटको चूनौतीपूर्ण घडीमा प्रारम्भदेखि नै एनबीआईले आर्थिक सहयोग एवं राहत संकलन तथा वितरणमा पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिए । हालै प्राप्त स्वास्थ्य सामग्रीले महामारी नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।

मन्त्री भट्टले लकडाउनका कारण हाल बन्द उद्योगहरू कसरी पूर्ववतः अवस्थामा चलाउन सकिन्छ भनेर एनबीआई पदाधिकारीसँग जिज्ञासा राखेका थिए । यस्तै, उनले निजी क्षेत्र र सरकारबीच यसमा हातेमालो गरी अगाडि बढ्ने उनले बताए ।

एनबीआई अध्यक्ष कुशकुमार जोशीले मुलुक अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसको कारण सिर्जित संकटपूर्ण अवस्थाले निजी क्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक सामाजिक विकासको गति ठप्पप्रायः भएको बताउँदै अविलम्व एकिकृत राहतका कार्यक्रम ल्याई अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए । जोशीले बन्द भएका उद्योग व्यवसायहरू सुरक्षित तरिकाले पूर्ववत अवस्थामा चलाउन सरकारले पनि सहजीकरणको भूमिका खेल्नुपर्ने बताए ।

मुलुकको दिगो विकास र सामाजिक उत्तरदायित्वको क्षेत्रमा सरकारसँग हातेमालो गर्दै करीब दुई दशकदेखि एनबीआई क्रियाशिल छ । यसले कार्यस्थलसम्बन्धी प्रकाशनलगायत अन्य सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

एनबीआईका संस्थापक अध्यक्ष पद्मज्योतिले पनि बन्द भएको उद्योग पू र्ण संचालन गर्न सरकार, उद्योगीहरू तथा कर्मचारीहरू सँग सरसल्लाह गरी ठोस् योजना ल्याउनु पर्ने धारणा राखे । एनबीआई सदस्य तथा सांसद उमेश श्रेष्ठले अहिलेको विसम परिस्तिथिमा सरकार, उद्योग र मजदुरका संघको प्रतिनिधि बसेर गहन छलफल गरी के कसरी मजदुरहरूको सुरक्षा गर्न सकिन्छ भन्ने विषयमा निकास निकाल्न मन्त्रीलाई आग्रह गरे ।

कार्यक्रममा उद्योगसचिव चन्द्र घिमिरे, वाणिज्य सचिव वैकुण्ठ अर्याल, पहलका तर्फबाट महासचिव सुरेन्द्रवीर मालाकार, कोषाध्यक्ष दीपक मल्होत्रा, सचिव गोपीकृष्ण न्यौपाने र जोन्ता क्लबको तर्फबाट मीरा ज्योतिको पनि उपस्थिति थियो ।

प्रकाशित मिति: २७ वैशाख २०७७, शनिबार  १८ : २५ बजे