एक लाख रुपैयाँ घुससहित वन अधिकृत पक्राउ

0
Shares

डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ।

टोलीले कार्यालय परिसरबाट नै रु एक लाखसहित उनलाई पक्राउ गरेको हो।

अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौं लगिएको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए।

सूर्यगढी गाउँपालिका– ५ नयाँपुलमा रहेको ढुंगाखानी सञ्चालनका लागि सेवाग्राहीसँग कार्यालय प्रमुख प्रसादले घुस लिएको अभियोग लगाइएको छ। रासस

प्रकाशित मिति: २७ वैशाख २०७७, शनिबार  १८ : ५९ बजे