हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालन

0
Shares

हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालनमा रहेका छन् ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार बन्दाबन्दीको समयमा हाल सो सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा आएका हुन् ।

अत्यावश्यक सामग्री उत्पादन गर्ने १५ र अन्य १० उद्योगले सामाजिक दूरी कायम राखेर सुरक्षित भएर उत्पादन गरिरहेको बताइएको छ।

कच्चा पदार्थको अभावले उद्योग न्यून क्षमतामा सञ्चालन भइरहेका व्यवस्थापन कार्यालयका व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए।

उनले भने, “हामीले उद्योगलाई सुरक्षा विधि अपनाएर सञ्चालन गर्न भनेका छौँ तर कच्चा पदार्थ, बजार र ढुवानीलगायतका समस्याका कारण सञ्चालित उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।” जनशक्तिको पनि अभाव रहेको व्यवस्थापक कँडेलको भनाइ छ । औद्योगिक क्षेत्रमा २५ प्रतिशत मात्र जनशक्ति मकवानपुरका रहेका र अन्य बाहिरका रहेकाले पनि उद्याग सञ्चालनमा कठिनाइ हुने उनले बताए।

उनका अनुसार औद्योगिक क्षेत्रमा रहेका १४९ उद्योगमध्ये १०८ मात्र चालू अवस्थामा रहेका भए पनि १५ मात्र अत्यावश्यक सामग्री उत्पादन गर्ने कारणले बन्द नभएका र हाल थप १५ उद्योग सञ्चालनमा आएका हुन् ।

प्रकाशित मिति: २७ वैशाख २०७७, शनिबार  १८ : ५० बजे