मिर्मिरे लघुवित्तको पूँजी बढेर नाफा घट्दा इपिएसमा १५.१७ रुपैयाँ गिरावट

0
Shares

मिर्मिरे लघुवित्त (MMFDB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा गत आवको यसै अवधिको तुलनामा ६० लाख २२ हजार अर्थात १६.७४ प्रतिशतले घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।

लघुवित्तले चैत मसान्तसम्ममा २ करोड ९९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ५९ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी १८ करोड ६७ लाख ४० हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २१.३७ रुपैयाँ रहेको छ।

गत आवमा ४५ प्रतिशत बोनसबाट चुक्ता पूँजी वृद्धि गरेको लघुवित्तको पूँजी बढेर नाफा घट्दा लघुवित्तको इपिएसमा १५.१७ रुपैयाँ गिरावट आएको छ।

लघुवित्तको जगेडा कोष भने आकर्षक रुपमा बढेको छ। गत आवको चैतमा ७ करोड ८ लाख रुपैयाँ रहेको जगेडा कोष १० करोड ५० लाख रुपैयाँ पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १५६.२५ रुपैयाँ छ।

नागवेली र स्वेडा लघुवित्तलाई प्राप्ती प्रकृयामा रहेको मिर्मिरेले ब्याज आम्दानी बढाएपनि अन्य सञ्चालन आम्दानी बढाएपनि बढ्दो कर्मचारी खर्च र खराब कर्जा व्यवस्थापनमा रकम छुट्टाउँदा खुद नाफा प्रभावित बनेको हो।

लघुवित्तले चैतसम्म ९५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ सापटी मार्फत २ अर्ब ५० करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

चालु आवको ९ महिनामा लघुवित्तले ११ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा २ करोड ३३ लाख धेरै हो। तर सञ्चालन आम्दानी ५करोड ८३ लाखबाट ४ करोड ६० लाखमा संकुचन भएको छ भने कर्मचारी खर्च ५ करोड ५० लाखबाट बढेर ६ करोड ९८ लाख पुगेको छ।

लघुवित्तले चालु आर्थिक वर्षको चैतसम्म सञ्चालन नाफा समेत १ करोड ३१ लाख घटेर ३ करोड ४० लाखमा संकुचन भएको छ। यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात १.३५ बिन्दु बढेर १.९२ पुग्दा ककर्जा नोक्सानी रकम बढेर २ करोड ९४ लाख पुगेको छ भने यस अवधिमा १ करोड ३५ लाख पुरानो खराब कर्जा असुली गरेको छ।

प्रकाशित मिति: २८ वैशाख २०७७, आइतबार  ०६ : ४१ बजे