३० करोडको आईपीओ जारी गर्न लागेको इन्स्योरेन्सको नाफा ३३% बढ्यो

0
Shares

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जनरल इन्स्योरेन्सले खुद नाफा ३२.९० प्रतिशतले बढाउँदै ३ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ। गत आवको यसै अवधिमा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८५ पैसा रहेको छ। उसको जगेडा कोषमा ३ करोड ७६ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ८४ पैसा छ। यस्तै बीमा कोषमा ४ करोड ११ लाख रुपैयाँ छ।

इन्स्योरेन्सको खुद बीमा शुल्क संकलन रकम १०२.९८ प्रतिशतले बढेको छ। गत आवको ९ महिनामा ९ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको यस कम्पनीले चालु आवको यसै अवधिमा १९ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो।

हाल १ अर्ब जारी पूँजी रहेको कम्पनीले ३० प्रतिशत बराबरको ३० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्त समेत गरिसकेको छ। बीमा समितिको निर्देशन अनुसार निर्जीबन बीमा कम्पनीले न्यूनतम १ अर्ब पूँजी कायम गर्नुपर्ने हुन्छ।