नेपाल एसबीआई बैंकको नाफा १०% ले घट्यो, लकडाउनले आम्दानीका सबै सूचकहरुमा गिरावट

0
Shares

नेपाल एसबिआई बैंक लिमिटेड को खुद ब्याज आम्दानी, शुल्क कमिशन आय, अन्य सञ्चालन आम्दानी, र अन्य कारोबारबाट प्राप्त हुने आम्दानी घटेपछि खुद नाफामा १० प्रतिशतको गिरावट ब्यहोरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४३ करोड ८२ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा १ अर्ब ६० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा १६ करोड २४ लाख रुपैयाँले घटेको हो।

पछिल्लो तीन महिनामा मात्रै बैंकले ४३ करोड ७४ लाख ५८ हजार रुपैयाँले नाफा वृद्धि गरेको हो। यद्यपी यस अवधिमा बैंकको सञ्चालन खर्च भने १० करोड बढीले घटेको छ।

बैंकको पनि अन्य बैंकहरुको जस्तै विरणयोग्य नाफा १० करोड ४३ लाख ९१ हजार रुपैयाँमा संकुचन भएको छ। राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा ३८ करोड ५१ लाख र नियामकीय जगेडा अन्तर्गत ९४ करोड ८६ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने न्यून देखिएको हो।

चुक्ता पूँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३.८५ रुपैयाँ घटेर २१.४१ रुपैयाँमा झरेको छ। यस्तै बैंकको जगेडा कोषमा ५ अर्ब १६ करोड ७९ लाख रुपैयाँ र शेयरधनी कोषमा ५३ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।

चैत मसान्तसम्म बैंकले कर्जा तथा निक्षेप संकलन १० अर्ब बढीले बढाएको छ। १ खर्ब ७ अर्ब २५ लाख रुपैयाँ निक्षेप संकलन गरी ९५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा बैंकले ३ अर्ब १३ करोड ९८ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यसै अवधिमा ३ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको बैंकको २१ करोड ७३ लाखले घटेको हो। बैंकको सञ्चालन नाफा पनि १५ करोड ४३ लाख रुपैयाँ घटेर २ अर्ब ४ करोड ९१ लाख रुपैयाँमा खुम्चिएको छ।

चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात ०.१९ प्रतिशतमा स्थीर छ। बैंकको प्रतिशेयर नेटवर्थ १६३.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.२४ गुणा , निक्षेप संकलन लागत ६.७९ प्रतिशत, आधारदर ९.८६ प्रतिशत, स्प्रेडदर ५.१५ प्रतिशत र पूँजीकोष अनुपात १४.७४ प्रतिशत रहेको छ।