नौ महिनामा झण्डै साढे २ अर्ब ब्याज आम्दानी गर्ने लघुवित्तको नाफा कति ?

0
Shares

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (NUBL)ले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्ममा एक अर्ब बढी खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको तेस्रो त्रैमासकि वित्तीय विवरण अनुसार ९ महिनाको अवधिमा  एक अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेको छ ।

१२ अर्ब ८२ करोड निक्षेप संकलन तथा ६ अर्ब ८८ करोड कर्जा सापटी गरेर २० अर्ब ७३ करोड कर्जा विस्तार गरेको लघुवित्तले यस अवधिमा २ अर्ब ४० करोड ब्याज आम्दानी गरेर एक अर्ब २३ करोड ब्याज खर्च गरेको छ । जसबाट एक अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेको हो।

लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्म ४७ करोड ३२ लाख खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०.३० प्रतिशतले कम हो । लघुवित्तले अघिल्लो चैतसम्म ५२ करोड ७५ लाख खुद नाफा गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि कम्पनीको संचालन खर्च तथा कर्मचारी खर्च बढेपछि नाफा खस्केको हो। लघुवित्तको पूँजीवृद्धिको अनुपातमा नाफा नबढेपछि प्रतिशेयर आम्दानीमा गिरावट आएको छ। कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ७ पैसामा झरेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ६१ करोड रहेको छ। लघुवित्तको निष्कृय कर्जा अनुपात सामान्य बढेर १.७६ प्रतिशत पुगेको छ । जसको प्रति शेयर आम्दानी ४२ रुपैयाँ ७ पैसा र नेटवर्थ २०७.७९ रुपैयाँ छ । त्यसैगरी मूल्यआम्दानी अनुपात २१.६३ गुणा रहेको छ ।

 

प्रकाशित मिति: २९ वैशाख २०७७, सोमबार  ०८ : २४ बजे