थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कुल संख्या १२० पुग्यो

0
Shares

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाका १८ वर्ष देखि ३४ वर्षका पुरुषमा कोरोना देखिएको हो। एक जना पुरुषको भने उमेर खुलेको छैन । सबै जनालाई अस्पताल लैजाने तयारी भएको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशालामा गरिएको परीक्षणमा यशोधरा गाउँपालीका ५ र बुद्धभुमी नगरपालीका ७, र १० निवासी १८, १९,२०,२०,२४,३०, ३१,३४,३४ र एक जना उमेर नखुलेको पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि डिस्जार्च भएका छन्। वीरगञ्जमा २७, नेपालगञ्जमा २४, विराटनगरमा १९, रुपन्देहीमा १६ र भरतपुरमा १ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।