मेरो माइक्रोफाइनान्सको खुद नाफा डेढ करोड घट्यो

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) को खुद नाफा १ करोड ५९ लाख ९६ हजार रुपैयाँले घटेको छ।

लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड ५८ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जबकी गत आवको यसै अवधिमा ११ करोड १८ लाख २५ हजार खुद नाफा आजन गरेको थियो।

चुक्ता पूँजी ८५ करोड ५१ लाख रुपैयाँ रहेको यस माइक्रोफाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी १४.९४ रुपैयाँ रहेको छ। यस अवधिमा लघुवित्तको जगेडा कोषको आकार २४ करोड ५३ लाख रुपैयाँ सञ्चित छ। यस्तै प्रतिशेयर नेटवर्थ १३३.२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात भने २६.१४ गुणा कायम भएको छ।

चैत मसान्तसम्म लघुवित्तले १ अर्ब ५८ करोड निक्षेप तथा ३ अर्ब ७४ करोड १४ लाख सापटीबाट ५ अर्ब ६० करोड ३० लाख कर्जा लगानी गरेको यस माइक्रोफाइनान्सले सो अवधिसम्ममा ३१ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। समीक्षा अवधिमा ५ करोड ६० लाखले खुद ब्याज आम्दानी बढेको छ बढेको छ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सको निष्क्रिय कर्जा अनुपात २.०४ प्रतिशतबाट घटेर १.९० प्रतिशतमा सीमित भएको छ। चैत मसान्तसम्म सम्भावित जोखिम बापतको व्यवस्थामा ४ करोड ६६ लाख रुपैयाँ छुटटाएको लघुवित्तले १ करोड ५२ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

चालु आवको तेस्रो त्रैमासको अन्त्यसम्ममा माइक्रोफाइनान्सले १२ करोड १५ लाख सञ्चालन मुनाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड ४२ लाख कम हो। लघुवित्तको कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च र कर्जा नोक्सानी व्यवस्थाले सञ्चालन मुनाफामा गिरावट आएको हो।

 

प्रकाशित मिति: २९ वैशाख २०७७, सोमबार  १२ : १९ बजे