सानिमा माइ हाइड्रोपावरको नाफा ३६ प्रतिशत वृद्धि

0
Shares

सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ३५.९६ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ। विद्युत बिक्रीबाट आय बढेपछि नाफामा बढोत्तरी भएको हो।

कम्पनीले चैत मसान्तसम्ममा ३१ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले २२ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको ९महिना अवधिमा कम्पनीले ६७ करोड १ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ। गत आवको यसै अवधिमा यस्तो आम्दानी ६० करोड २८ लाख रुपैयाँ थियो।

चैत मसान्तसम्ममा शेयरधनी कोष अर्थात रिटेन्ड अर्निङमा ६० करोड ३६ लाख रुपैयाँ राखिएको छ । गत आवको यसै अवधिमा ४८ करोड रहेको थियो। कम्पनीको जगेडा कोषमा २ लाख ४१ हजार रुपैयाँ छ।

चुक्ता पुँजी २ अर्ब ३२ करोड रुपैयाँ रहेको सानिमा माइको वार्षिक प्रतिशेयर आम्दानी १६.५३ रुपैयाँ रहेको छ। गत आवको यसै अवधिमा कम्पनीको वार्षिक इपिएस १३.१८ रुपैयाँ रहेको थियो।

कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.६५ रुपैयाँ छ ।