एनएमबि बैंकको तेस्रो त्रैमासमा ३२ करोडले नाफा घटेपनि समग्रमा बढ्यो

0
Shares

एनएमबि बैंक (NMB) को नाफा तेस्रो त्रैमासमा अघिल्लो आवको त्रैमासको तुलनामा ३२ करोड ४० लाख रुपैयाँले घटेपनि समग्रमा भने खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आवको तेस्रो त्रैमास (माघदेखि चैतमा) मा बैंकले ५३ करोड ६६ लाख खुद नाफा आर्जन गरेकोमा चालु आवको यसै अवधिमा ३२ करोड ४० लाख घटेर २२ करोड २५ लाख मात्र नाफा कमाउँदा पनि बैंकको चैतसम्मको कूल नाफा १ अर्ब ८८ करोड ३२ लाख ८३ हजार रुपैयाँ पुगेको छ। गत आवको यसै अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकहरुले असुल गनुपर्ने कर्जा तथा ब्याज कारोना भाइरसको माहामारीका कारण सरकारले लगाएको लकडाउनका कारण असुली हुन सकेन भने अर्कोतर्फ चैतसम्म तिर्नुपर्ने साँवा तथा ब्याजतिर्ने समय असार मसान्तसम्म बढाएका कारण पनि बैंकको नाफा प्रभावित बनेको हो।

मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ५८ करोड ७७ लाख रुपैयाँ रहेको छ।

राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा ६३ करोड ६ लाख र नियामकीय जगेडा अन्तर्गत ६६ करोड ४८ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने नाफाको तुलनामा घटेको हो।

चुक्ता पूँजी १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८.६९ रुपैयाँ छ। यस अवधिमा बैंकको जगेडा कोषमा ६ अर्ब ३३ करोड रुपैयाँ ३८ लाख, शेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) मा ७ करोड ९४ लाख र १२ करोड १ लाख रुपैयाँ शेयर प्रिमियम रहेको छ।

चैत मसान्तसम्म बैंकले १ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ५६ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी, शुल्क कमिसन आय बढेपनि सञ्चालन र कर्मचारी खर्चका कारण सञ्चालन नाफा भने घटेको छ। यद्यपी बैंकले ६२ करोड बढी गैह्र सञ्चालन आम्दानी गर्दा नाफा बढेको हो। बैंकले गत आवको चैत मसान्तको तुलनामा १ अर्ब २० करोडले खुद ब्याज आम्दानी वृद्धि गर्दै ४ अर्ब २९ करोड ५७ लाख रुपैयाँ कमाएको छ। बैंकको सञ्चालन नाफा भने ४७ करोड २७ लाख करोड रुपैयाँ घटेर १ अर्ब ८७ करोड ६४ लाखमा संकुचन भएको छ।

चैत मसान्तसम्ममा बैंकको अर्जा असुली हुन नसकेपछि खराब कर्जा अनुपात ०.७९ बाट बढेर २.४८ प्रतिशतमा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४६.८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०ं१७ गुणा , निक्षेप संकलन लागत ७.०९ प्रतिशत, आधारदर ९.९९ प्रतिशत, स्प्रेडदर ४.८८ प्रतिशत र पूँजीकोष अनुपात १४.२६ प्रतिशत रहेको छ।