कतार एयरवेजले स्वास्थ्यकर्मीहरुलाई निःशुल्क १ लाख टिकट प्रदान गर्ने

0
Shares

कतार एयरवेजले स्वास्थ्य सेवामा अग्रपंक्तिमा रही कोभिड–१९ महामारीको समयमा स्वास्थ्यकर्मीहरुले पु¥याएको अतुलनीय योगदानका लागि आभार स्वरुप १ लाख हवाई टिकट निःशुल्क वितरण गर्ने घोषणा गरेको छ ।

एयरलाइन्सले दोहाको समय अनुसार मे १२ ००ः०१ बजे देखि मे १८ २३ः५९ बजेसम्म टिकटहरु वितरण गर्नेछ।

स्वास्थ्यकर्मीहरुले एयरलाइनको आधिकारिक वेबसाइट मार्फत qatarairways.com/ThankYouHeroes मा फारम भरी दर्ता गर्न सक्नेछन् ।

दर्ता गरिसकेपछि व्यक्तिगत युनिक कोड प्राप्त हुनेछ जस मार्फत फस्ट कम फस्ट सर्भ आधारमा टिकट वितरण गरिने कम्पनीले जनाएको छ ।