महालक्ष्मी विकास बैंकद्धारा ऋणीहरुलाई व्याजमा १०% छुट प्रदान

0
Shares

महालक्ष्मी विकास बैंक (MLBL) ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट ऋण लिएका ग्राहकहरुलाई ब्याज छुट प्रदान गरेको छ।

नेपाल राष्ट्र बैंकले चैत १६ गते जारी गरेको निर्देशन बमोजिम २०७६ चैत्र महिनामा भुक्तानी गर्नुपर्ने किस्ताहरु मध्ये चैत्र मसान्त भित्रमा भुक्तानी भएका किस्ताहरुको व्याज रकममा १० प्रतिशत छुट प्रदान गरेको बैंकले जनाएको छ ।

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै जम्मा व्याज रकमको १० प्रतिशत छुटबाट हुन आउने व्याज रकम ग्राहकको खातामा जम्मा गरी सकेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।