कुमारी बैंकको व्यवसायमा बढोत्तरी आएपनि अत्याधिक खर्चले नाफा प्रभावित

0
Shares

कुमारी बैंक (KBL) ले चालु आर्थिक वर्ष ०७६र०७७ को तेस्रो त्रैमाससम्ममा सम्ममा १ अर्ब १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो बर्षको यसै अवधिको भन्दा एक प्रतिशत बढी हो।

गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको नाफा ०.९३ प्रतिशत अर्थात ९४ लाख २४ हजार रुपैयाँ बढी हो।

चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ करोड ५० लाख रुपैयाँ रहेको छ। बैंकको वितरण योग्य नाफामा साढे ९२ प्रतिशत कम हो। गत वर्ष बैंकको वितरण योग्य नाफा ६१ करोड ६० लाख ८७ हजार रुपैयाँ थियो ।

बैंकले यस अवधिमासम्म ८५ अर्ब ५० करोड निक्षेप संकलन गरेर ८९ अर्ब ७० करोढ कर्जा प्रवाह गरेको छ। जसबाट बैंकले २ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी ५१ करोड ९६ लाख रुपैयाँ बढेको छ ।

तर, कर्मचारी खर्च र अन्य खर्च बढेपछि खुद ब्याज आम्दानी आधा अर्बभन्दा बढी बढेपनि खुद नाफा सामान्य मात्र बढेको हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४८ करोड छ।

९ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा ६ करोड ९२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.४१ प्रतिशतबाट घटेर ०.९८ प्रतिशतमा सीमित भएको छ। यसैगरी बैंकको कष्ट अफ फण्ड ७.५६ प्रतिशत, आधारदर १०.६५ प्रतिशत, स्प्रेडरेट ४.६५ प्रतिशत र सीसीडी रेसियो ७९.८० प्रतिशत रहेको छ ।

चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।