समृद्धि फाइनान्सको नाफा २९०% ले बढ्यो, खराब कर्जा शतप्रतिशत

0
Shares

चालू आर्थि वर्ष ०७६/०७७ को तेस्रो त्रैमासमा समृद्धि फाइनान्सको नाफा २९० प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले सो अवधिमा २ करोड ४८ लाख नाफा कमाएको छ। गत आवको तेस्रो त्रैमासमा फाइनान्सको नाफा ६३ लाख ७३ हजार थियो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा १ करोड ९८ लाख छ ।

फाइनान्सको प्रतिशेयर आम्दानी १८ रुपैयाँ २२ पैसा,मूल्य आम्दानी अनुपात ५.२९ प्रतिशत र प्रतिशेयर नेटवर्थ ६८ रुपैयाँ १२ पैसा छ ।

समस्याग्रस्त रहेको साविकको वल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्समा नयाँ समुह प्रवशे गरेपछि फाइनान्सको नाम परिवर्तन गरेर समृद्धि बनाइएको हो। यस कम्पनीले अर्को समस्याग्स्त फाइनान्स क्रिष्टल फाइनान्सलाई प्राप्ती गर्ने निर्णय समेत गरेको छ।

राष्ट्र बैंकले निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न अनुमति दिई नसकेका कारण फाइनान्सको निक्षेप १९ करोड २ लाख र कर्जा परिचालन १३ लाख ९५ हजार रुपैयाँ मात्र रहेको छ।

१८ करोड १९ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २३ करोड ५० लाख छ

यस अवधिमा फाइनान्सको खराब कर्जा अनुपात शतप्रतिशत नै रहेको छ। फाइनान्सकोे पुस २९ गते सम्पन्न साधारण सभाबाट चुक्ता पूँजीको १२० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।