राधी विद्युत कम्पनीको नाफामा एक करोड सुधार

0
Shares

राधी विद्युत कम्पनी (RADHI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ५ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड २ लाख ४२ हजार रुपैयाँले बढी हो ।

गत वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ७२ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा कम्पनीको खुद नाफा बढ्न सहयोग पुगेको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी ७१ लाखले बढेर १२ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै अन्य स्रोतमार्फत २७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ४७ करोड ३५ लाख ५६ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ २०५.९६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.८२ गुणा छ ।