हालसम्म ८१ हजार ६५९ कोरोना नमुना परीक्षण,एकैदिन ३ हजार बढीको जाँच

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ८१ हजार ६५९ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पीसीआर प्रविधिबाट २१ हजार ३४० र आरडिटी प्रविधिबाट ६० हजार ३१९ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर ३ हजार ४९ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए। जसमध्ये पीसीआरबाट २ हजार ३५७ वटा र आरडिटीबाट ६९२ वटा भएका हुन्।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ८ हजार ३२०, प्रदेश नं २ मा ५ हजार ९३७, वाग्मती प्रदेशमा ९ हजार ३६३, गण्डकी प्रदेशमा ६ हजार ५२६, प्रदेश नं ५ मा ७ हजार २२१, कर्णाली प्रदेशमा ७ हजार २२९ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ७२३ वटा आरडीटी विधिबाट कोरोना परिक्षण गरिएको छ।

  • १४ हजार ३१३ जना क्वारेटाइनमा, ‘आइसोलेशन’ मा २४५ जना

मुलुकभर हालसम्म जम्मा १४ हजार ३१३ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार ९५९ जना, प्रदेश नम्बर दुईमा १ हजार ५७४ जना, वाग्मती प्रदेशमा १०१ जना, गण्डकी प्रदेशमा २७९ जना, प्रदेश नम्बर पाँचमा ६ हजार ९८९ जना, कर्णालीमा १ हजार ५६३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८४८ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल २४५ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा ६ र उपत्यकाबाहिर २३९ जना आइसोलेशनमा रहेका छन् ।

जसमध्ये प्रदेश नं १ मा २१, प्रदेश नं २ मा ९८, वाग्मती प्रदेशमा २५, गण्डकी प्रदेशमा शुन्य र प्रदेश नं ५ मा १०१ जना रहेका छन्।
मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ३३३ स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ३५ हजार ७२३ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा ७९२ आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप ९ जना ‘रेडजोन’ मा परेका छन् ।

यससँगै रेड जोनाम पर्नेरुको संख्या ३५४ पुगेको छ। रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।
हालसम्म ९६ हजार २५० जनाले मोबाइल एप डाउनलोड गरेका छन्

यसैगरि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको एप्लिकेशन र कल सेन्टरमा आएको कलका आधारमा सम्भावित संक्रमितको संख्या १५८ जना रहेको छ। उनीहरु सबैको कन्याक्ट ट्रेसिङ्गको काम सम्बन्धित प्रदेशमार्फत अघि बढाइएको मन्त्रालयले जनाएको छ।