निजी पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै खुुल्न दिने ,निगमका कर्मचारीको कोरोना बीमा

0
Shares

नेपाल आयल निगमले कोरोना जोखिम बढ्दै गएको भन्दै पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै खुुल्न दिने भएको हो।

बुधबार नेपाल आयल निगमले सरकारी तथा सहकारी क्षेत्रबाट संचालित बाहेक अन्य पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै संचालन गर्न पाउने निर्णय गरेको हो।

निगमका अनुसार जिल्लाबाट समन्वय गरी एउटा पेट्रोलपम्म हप्तामा संचालन गर्न मिल्ने गरी बार मिलाइने भएको छ।

पेट्रोलियम पदार्थसँग सम्बन्धित रहेर काम गर्नेहरु अर्थात भारतमा नै पुगेर आयत गर्नेमार्फत जोखिम बढ्दै गएकोले उनीहरुको कोरोना परिक्षणको लागि सम्बन्धित निकायलालाई आग्रह गर्ने निर्णय समेत निगमले गरेको छ।

निगममा कार्यरत सम्पूर्ण कर्मचारीको १ लाख बराबरको कोरोना बीमा गरिदिने निर्णय पनि निगमले गरेको छ।

आयल निगमका कर्मचारीको कोरोना बीमा

नेपाल आयल निगमले आफ्ना सबै कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएमा एक लाख बराबरको जीवन बीमाको तयारी गरेको छ ।

निगम सञ्चालक समितिको आज बसेको बैठकले निगममा कार्यरत सम्पूर्ण कर्मचारी (करार अस्थायी, दैनिक ज्यालादारीसहित) लाई कोरोना संक्रमणको पुष्टि भएका कर्मचारीलाई बीमा व्यवस्थाको प्रक्रिया अघि बढाइने निर्णय गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमका सबै कार्यालयमा कार्यरत कर्मचारी, पेट्रोलियम पदार्थको कार्य गर्ने कामदार, कर्मचारी, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर तथा ग्यास बुलेटका चालक तथा सहचालक, निगमका बिक्रेता, बोटलिंक प्लान्टका कर्मचारीसमेतको प्राथमिकताका आधारमा कोरोना परीक्षणका लागि सम्बन्धित निकायमार्फत व्यवस्थापन गर्नेलगायत छ बुँदे निर्णय भएको जानकारी दिए ।

त्यस्तै सरकारी तथा सहकारी क्षेत्रबाट सञ्चालन भएका बिक्रेताबाहेक अन्य बिक्रेतालाई बारअनुसार जिल्ला निर्धारण गरी हप्तामा एक पटक पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने, निगमको डिपो सञ्चालन कम्तीमा एक तिहाइ कर्मचारीमार्फत गर्ने र एक तिहाइ कर्मचारीलाई जगेडामा राख्ने निर्णय गरिएको छ ।

यसैगरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी चालक तथा सहचालकका साथै प्रत्येक ट्यांकरलाई मानव बस्तीभन्दा टाढा खुला स्थानमा राख्ने र सबै कार्यालयमा कीटाणुनाशक टनेल तथा गेट बनाई प्रयोग गर्ने निर्णय भएको छ ।