काठमाडौँ र कपिलवस्तुमा थप दुईमा कोरोना पुष्टि, कुल संख्या २४५ पुग्यो

काठमाडौँ र कपिलवस्तुमा थप दुईमा कोरोना पुष्टि, कुल संख्या २४५ पुग्यो

नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो

काठमाडौ चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षिया बालिकामा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले जनाएका छन् ।

यससँगै कुल संक्रमितको संख्या २४५ पुगेको छ। 

मन्त्रालयका सहप्रवक्ता डा‍‍. समीरकुमार अधिकारी अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ र दुबै संक्रमित चिकित्सकको सम्पर्कमा रहेका छन्।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलालीमा ४, रौतहट र बारामा ३ /३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित मिति: १ जेठ २०७७, बिहीबार ०७ : २८ बजे