नेपालमा कोरोना संक्रमितको कुल संख्या २५० पुग्यो

0
Shares

नेपालमा कोरोना संक्रमितको कुल संख्या २५० पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,काठमाडौँमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो

सर्लाही निवासी ४५ वर्षिय पुरुष, धनुषाका ४० वर्षिय पुरुष, जनकपुरकी २० वर्षिय महिला र महोत्तरी जलेश्वर र वलवाका १६ र ३५ बर्षिय दुई पुरुषमा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या २५० पुगेको छ।

मन्त्रालयका सहप्रवक्ता डा‍‍. समीरकुमार अधिकारी अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ र संक्रमित सबै चिकित्सकको सम्पर्कमा रहेका छन्।

यसअघि बिहीबार बिहानै काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलाली, धनुषा र महोत्तरीमा ४र४, रौतहट, बारा र सर्लाहीमा ३/३ तथा बागलुङ, चितवन, झापा र भक्तपुरमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।