विश्वभर कोरोनाबाट मर्नेको संख्या ३ लाख नाघ्यो, अमेरिकामा मात्रै ८६ हजार

0
Shares

विश्वभर कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ।

विश्वमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन लाख र संक्रमितको संख्या ४५ लाखभन्दा उकालो लागेको तथ्याङ्क सार्वजनिक भएको छ।

मृतक तीनलाखमध्ये अमेरिकामा मात्र ८६ हजारभन्दा माथि छन्। यो कुल संख्याको २८ प्रतिशतभन्दा पनि बढी हो। अमेरिकामा अहिले पनि दिनहुँ औसतमा एकहजार सात सय अमेरिकीको मृत्यु भैरहेको छ।

कोरोना भाइरसबाट कारण मृत्यु हुने शीर्ष १० देशमा अमेरिका, बेलायत, इटाली, फ्रान्स, स्पेन, ब्राजिल, बेल्जियम, जर्मनी, इरान र नेदरल्याण्ड रहेका छन्।