विश्वभर ४६ लाख २८ हजार कोरोना संक्रमित, ३ लाख ८ हजारले ज्यान गुमाउदा साढे १७ लाख निको भए

0
Shares

विश्वभर कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या करिब तीन लाख ९ हजार पुगेको छ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४६ लाख २८ हजार तथा ज्यान गुमाउनेको संख्या तीन लाख ८ हजार भन्दा उकालो लागेको तथ्याङ्क सार्वजनिक भएको छ।

मृतक तीन लाख ८ हजारमध्ये अमेरिकामा मात्र ८८ हजार ५ सय भन्दा माथि छन्। अमेरिकामा अहिले पनि दिनहुँ औसतमा एकहजार सात सय अमेरिकीको मृत्यु भैरहेको छ।

कोरोना भाइरसबाट कारण मृत्यु हुने शीर्ष १० देशमा अमेरिका, बेलायत, इटाली, फ्रान्स, स्पेन, ब्राजिल, बेल्जियम, जर्मनी, इरान र नेदरल्याण्ड रहेका छन्।