काभ्रेपलाञ्चोकमा हप्तामा तीन दिन मात्रै बैंक तथा वित्तीय संस्था खुल्ने

0
Shares

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले अब काभ्रेपलाञ्चोकमा बैंक तथा वित्तीय र सहकारी संस्था हप्ताको तीन दिन मात्रै सञ्चालन गर्न लगाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन अब जिल्लाका ती क्षेत्र आइतबार ,मङ्गलबार र शुक्रबार मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

यसअघि पनि हप्ताको तीन दिन मात्रै खोल्ने गरेको बैंक तथा वित्तीय संस्था बन्दाबन्दीमा आवतजावत अलि खुकुलो पारेसँगै गत वैशाख २१ गतेबाट दैनिक दुई घण्टा खोल्ने गरेको थियो ।

अब पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमण फैलिँदै गएपछि त्यसको रोकथाम र नियन्त्रणको अवस्थालाई मध्यनजर गर्दै पुनः तीन दिन मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।