नेपाल बङ्गलादेश बैंकद्धारा आफ्ना कर्मचारीहरुको कोरोना बीमा

0
Shares

नेपाल बङ्गलादेश बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस महामारी विरुद्धको बीमा गरेको छ ।

बैंकमा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बैकले जनाएको छ । बैंक र आईएमई जनरल इन्योरेन्स बीचमा कोरोना बीमाको सम्झौता भएको हो ।

सम्झौता अनुसार अब बैकमा कार्यरत कुनैपनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ ।

हाल बैंकले आफ्ना ९५ वटा शाखा कार्यालय मार्फत नेपालभरी आफ्नो बैकिंग सेवा दिइरहेको छ ।