नेपाली युवा दिवेश १८ औं अमेरिकन आइडलको उपविजेता

0
Shares

नेपाली युवा दिवेश पोख्रेल १८औं अमेरिकन आइडलको उपविजेता बनेका छन्।

सोमबार बिहान भएको फाईनल प्रतिष्पर्धामा लाइबेरियन मुलकी जस्ट सामले दिवेशलाई पछि पार्दै अमेरिकन आइडलको विजेता बनिन्।  फाइनल राउण्डमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भइन्।

भर्खरै सम्पन्न ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारणको समयमै दर्शकले तीन भिन्न भिन्न प्लेटफर्ममार्फत् दिएको भोटिङको आधारमा उनी सामभन्दापछि परे।

अर्थुर गन नामले परिचित दिवेश सोमबार बिहान भइरहेको उत्कृष्ठ सात बीचको प्रतिस्पर्धाबाट उत्कृष्ठ पाँचमा छानिएका थिए।

दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो। उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन।अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन्। 

२२ वर्षे दिवेश काठमाडौं रविभवनमा जन्मिएका हुन् । सन् २०१४ मा अमेरिका गएका उनी आफ्ना परिवारसँग अमेरिकामा बस्दै आएका छन् ।