सिनर्जी पावर डेभलपमेन्ट कम्पनी (SPDL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड २४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आवको चैत मसान्तसम्ममा कम्पनीले ४ करोड २३ लाख मात्र खुद नाफा आर्जन गरेकामा ३ करोडले वृद्धि भएको हो।
कम्पनीको विद्युत बिक्रीबाट आम्दानी १६ करोड ८० लाख ४५ हजार पुगेको छ। समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी २ करोड ७३ लाख २५ हजार रुपैयाँले बढेको हो
चुक्ता पूँजी ७० करोड रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३.८० रुपैयाँ छ। जगेडा कोष ७ लाख ७७ हजार ऋणात्मक बन्दा प्रतिशेयर नेटवर्थ ९९.८९ रुपैयाँ छ भने मुल्य आम्दानी अनुपात ६.६६ गुणा रहेको छ।
प्रतिक्रिया