पछाडि ढोकाबाट एमसीसी ल्याउन लागिएको भन्दै भीम रावलको विरोध, भन्छन् ‘पैसामा स्वाधिनता साट्न सकिन्न’ 

0
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पैसामा स्वाधिनता साट्न नसकिने बताएका छन्।

सरकारले नीति तथा कार्यक्रममा स्पष्टका साथ उल्लेख नगरिएपनि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका बारेमा उल्लेख गरिएको भन्दै उनले त्यसो गरिए एउटा स्वाधिन देशको हैसियतमा आँच पुर्याउने कार्य हुने भन्दै कुनैपनि सम्झौता कुनैपनि पैसामा साट्न नसकिने बताए।

सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता रावलले नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रम कार्यान्वयन गर्न एमसिसी पारित गर्न नहुने दोर्होयाएका हुन्। ।

उनले भने ‘ यो पछाडिको ढोकाबाट आउन खोजेको जस्तो मलाई अनुभुत भएको छ,’ । एकजना नेपाली कांग्रेसका नेताले यो छिटो पारित गर्नुपर्छ भन्नुभयो, उहाँले महाकाली सन्धीमा पनि त्यस्तै कुरा गनूभएको थियो। अब महाकाली सन्धिको पुनरावलोकलन हुनुपर्छ, दश-दश वर्षमा पुनरावलोकन गर्ने भन्ने कुरा भएको थियो तर त्यसको न पुनरावलोकलन भयो, न कार्यान्वयन भयो। त्यसैले यो मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्बन्धि जुन कुरा परेको छ, मैलै आशा गर्छु, यो पक्कैपनि त्यो सम्झौता अन्तर्गतको अङ्ग हुनेछैन। यदि त्यो भयो भने त्यो राष्ट्रहित विपरित हुनेछ, नेपाली जनताले आवाज उठाएको विपरित हुनेछ।’

आइतबार संसदमा बोल्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले एमसीसी छिटो पास गर्न सरकारलाई भनेका थिए । नेकपा नेता रावलले देउवालाई इंगित गर्दै महाकाली सन्धि सम्झाएका हुन् ।उनले नीति तथा कार्यक्रम जति प्रभावकारी हुनुपर्ने हो त्यो नभएकाले बजेटका बेला प्रष्ट हुने गरी योजना आउनेमा आफु विश्वस्त रहेको बताए।

रावलले नेपाली भूमीमा भारतीय पक्षबाट भएको बाटो खन्ने कार्यको पनि सरकारको तर्फबाट राष्ट्रिय स्वाधिनको रक्षाका लागि लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई समावेश गरि नक्सा सावजनिक गर्ने कुरा स्वागतयोग्य रहेको बताए। उनले आफ्नो देशभित्र स्वाधिन नागरिको रुपमा रहन नसकेको खण्डमा विकासका प्रयास र कल्पना गरेको समृद्ध समाज निमार्ण गर्नसक्ने अवस्था आमी आफैँ नरहने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।