महालक्ष्मी विकास बैंकका कर्मचारीको कोरोना बीमा

0
Shares

महालक्ष्मी विकास बैंकले आफ्ना कर्मचारी सबैको कोरोना बीमा गरेको छ।

बैंकले विश्व महामारी कोरोनाभाइरसका कारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामा पनि ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।

प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै कर्मचारीको बीमा गरेको बैंकले जनाएको छ। कर्मचारीहरुको १ वर्षको लागि बीमा गरिएको हो।

देशका सहरी तथा ग्रामीण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा एटीएममार्फत बैंकले सेवा प्रदान गरिरहेको छ। बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन्।

प्रकाशित मिति: ६ जेठ २०७७, मंगलबार  ०८ : ४३ बजे