स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाण्डौंमा केही दिनयता ३ हजार २५५ जनामा कोरोना नमुना परीक्षण गरिएको बताएका छन्।
मंगलबारको नियमित पत्रकार सम्मेलनमा उनले काठमाण्डौंका विभिन्न क्षेत्र र केन्द्रहरुलाई फोकस गरेर२ हजार २३६ वटा आरडिटी विधिबाट र १ हजार १९ वटा पीसीआर विधिबाट नमुना संकलन गरि परीक्षण गरिएको जानकारी दिए।
इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आरडिटीका नमुना संकलन गरिएको कालिमाटीका ७०० वटा नमुना संकलन गरि परीक्षण गरिएकोमा ३ वटामा पोजेटिभ नतिजा आएको छ। यस्तै ३३४ वटा पीसीआर विधिबाट परीक्षण गरिएकोमा कुनैपनि व्यक्तिमा संक्रमण पुष्टि नभएको उनले बताए।
यसैगरि विभिन्न सरसफाई सेन्टरमा कार्यरत व्यक्तिहरुमध्ये ६६४ आरडीटी विधिबाट गरिएको परीक्षणमा ३१ वटा पोजेटिभ र २६७ वटा नमुना पीसीआर परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको छ।
यसैगरि गंगबुमा ४२० वटा आरडिटी विधिबाट परीक्षण गरिएकोमा १५ वटा पोजेटिभ र १७२ वटा पीसीआर संकलन गरिएको नतिजा आउन बाँकी छ।
यस्तै भृकुटीमण्डप एरियामा ४५२ वटा आरडिटी विधिबाट गरिएको परीक्षणमध्ये ३२ वटा पोजेटिभ र २४६ वटा पीसीआर विधिबाट परीक्षणका लागि नमुना संकलन गरिएकोमा नतिजा आउन बाँकी छ।
प्रवक्ता देवकोटाले आरडिटीमा पोजेटिभ आएका व्यक्तिहरुको पीसीआर रिर्पोट भने आइनसकेको बताए।
प्रतिक्रिया