कोशी अञ्चल अस्पतालमा उपचाररत झापाका ६२ वर्षिया वृद्धले कोरोनालाई पराजित गरि घर फर्किका छन्। उनी अस्पताल भर्ना भएको २५ औं दिनमा पीसीआर रिर्पोट नेगेटिभ आएपछि घर फर्किएका हुन्।
यससँगै नेपालमा कोरोनालाई पराजित गरि निको भई घर फर्किनेको संख्या ३७ पुगेको छ। हालसम्म डिस्चार्ज हुने व्यक्तिहरुको औसत अस्पताल बसाई १९ दिन रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
हालसम्म ३६ जिल्लामा कूल ४०२ जनामा कोरोना संक्रमण फैलिएकोमा मंगलबार पछिल्लो समय मात्रै काठमाडौं उपत्यकामा ५ सहित थप २७ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिक्रिया