निजी तथा सामुदायीक अपस्तालले पीसीआर परीक्षण गर्न पाउने

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको दायरा बढाउनका लागि निजी तथा सामुदायीक अपस्ताललाई निश्चित शर्तको पालना गर्नेगरि सशुल्क परीक्षण सुविधा उपलब्ध गराउनसक्ने नीतिगत निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिर्पोटिङ्ग गर्ने शर्त अनिवार्य पालना गर्ने गरि लक्षण नभएका आरडिटी तथा पीसीआर स्वइच्छाले गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकहरुलाई तोकिएको सावजनिक संस्थाहरु मार्फत तोकिएका दर रेटमा सशुल्क सेवा उपलब्ध गराउनसक्ने नीतिगत निर्णय गरिएको बताए।

ती संस्थाहरुले आफ्नो मापदण्ड अनुसार दररेट तोक्नसक्ने उनको भनाई छ। यसले पीसीआर विधिबाट गरिने परीक्षणको दायरा र संख्या बढ्ने महसुस गरिएको उनले बताए।

यस्तै मन्त्रालयले प्रदेश नम्बर २ र ५ लाई केन्द्रित गरि कम्तिमा १०/१० जना चिकित्सक सहितको टोली त्यसतर्फ यथाशीघ्र खटाउने निर्णय भएको समेत जानकारी दिए। जुन क्षेत्रमा संक्रमितसंख्या धेरै देखिएको छ सो स्थानमा परीक्षणलाई प्रभावकारी बनाउन यस्तो टोली पठाउन लागिएको उनले बताए।

 

प्रकाशित मिति: ६ जेठ २०७७, मंगलबार  १८ : ०४ बजे