केही समय यता उच्च बिन्दुमा रहेको अमेरिकी डलरको भाउ घट्न थालेको छ।
मंगलबार ५६ पैसाले बढेको डलरको भाउ बुधबार ४४ पैसाले घटेको हो। नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १२०.७२ रुपैयाँ र बिक्रीदर १२१.३२ पैसा निर्धारण गरेको छ।
मंगलबार एक डलरको विनिमयदर खरिदमा १२१.१६ रुपैयाँ र बिक्रीमा १२१.७६ पैसा तथा आइतबार र सोमबार समान खरिददर १२०.६० रुपैयाँ र बिक्रीदर १२१.२० पैसा रहेको थियो।
हालसम्मको अवस्थामा गत बैशाख १० गते (अप्रिल २२) डलरको भाउले ऐतिहासिक उचाइ छोएको थियो। यो दिनएक डलरको खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ थियो।
कोरोनाले विश्व अर्थतन्त्र शिथिल बन्दा डलरमा लगानी गर्ने लगानीकर्ताको बढ्दा विश्व बजारमा डलर महङ्गो भएको हो। यस्तै विश्व शेयर बजार र पेट्रोलियम पदार्थको मूल्यमा भने भारी गिरावट आएको अवस्था छ। त्यसैले लगानीकर्ताले डलरलाई लगानीको माध्यम बनाइरहेका छन्।
प्रतिक्रिया