सर्लाहीको हरिवन नगरपालीकाद्धारा राजमार्गको ५०० मिटर दायाँबाँया सिल, बैंक वित्तीय संस्था बन्द

0
Shares

सर्लाहीको हरिवन नगरपालिकाले विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको फैलँदो अवस्था सलार्ही जिल्लाका अन्य स्थानीय तह, छिमेकी जिल्ला पर्सा बारामा समेत तीब्र रुपमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वपश्चिम राजमार्गको ५०० मिटर दायाँबाँया सिल गर्ने निर्णय गरेको छ।

हरिवन नगरपालिका नगर प्रमुख गणेश प्रसाद प्रसाईले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सरकारी, अर्ध सरकारी, गैर सरकारी संस्था, बैंक तथा वित्तीय संस्था, निजी कम्पनी तथा अको सूचना प्रकाशन नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको जानकारी दिए।

प्रकाशित मिति: ७ जेठ २०७७, बुधबार  १७ : ५१ बजे