प्रभु बैंक लिमिटेड (PRVU) ले यहि जेठ १५ गते बेलुका ५ बजेबाट १८ गते बिहान ९ बजेसम्म आफ्नो सम्पुर्ण सेवा बन्द गर्ने भएको छ।
बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ सफ्टवेयर प्रतिस्थापन ‘कोर बैंकिङ सिस्टम माइग्रेसन’ गर्नको लागि ४ दिन आफ्नो सम्पुर्ण बैंकिङ सेवा बन्द गर्ने जनाएको छ । बैंकले हाल पुमरी सफ्टवेयरको प्रयोग गर्दै आइरहेको छ। यसलाइ प्रतिस्थापन गर्दै बै्रकले फिन्याकल सफ्टवेयर प्रयोगमा ल्याउन लागेको हो।
बैंकले सम्पूर्ण ग्राहक तथा नियमनकारी निकायहरुलाई सार्वजनिक सूचना जारी गरेर उक्त जानकारी दिएको छ। यस अवधिमा बैंकका कुनै पनि सेवाहरु सञ्चालनमा नरहने बैंकले जनाएको छ।
चालु आथिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएर वार्षिक १९. ८९ रुपैयाँ प्रतिशेयर आम्दानी कायम गरेको छ। प्रभु बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ ।
प्रतिक्रिया