मन्त्रिपरिषद्को निर्णय: नयाँ नक्शाबारे संविधान संशोधन विधेयक संसदमा ल्याइने

0
Shares

सरकारले नेपालको नयाँ नक्शा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले नेपालको संविधानको अनुसूची ३ सँग सम्बन्धित विषयमा संशोधन गर्न सो निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सरकारले यही जेठ ५ गते नेपालको नयाँ नक्शा ल्याउने निर्णय गरेको थियो । भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा९राजनीतिक तथा प्रशासनिक० जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।