एनएमबिको विशेष सुविधा सम्पन्न कर्पोरेट इन्टरनेट बैंकिङ्ग सेवा सुरु

0
Shares

एनएमबि बैंक (NMB) ले लकडाउनको अवस्थामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सन् २०१६ बाटै शुरु भएको कर्पोरेट इन्टरनेट बैंकिङ्ग सेवालाई परिष्कृत गरेको छ ।

बैंकले वर्तमान कोभिड महामारीलाई विचार गरि कर्पोरेट इन्टरनेट बैंकिङ्ग माध्यमलाई नयाँ र आकर्षक सुविधाका साथ प्रस्तुत गरेको छ ।

यो सुरक्षित र छरितो डिजिटल बैंकिङ्ग अनुभव प्रदान गर्न बैंकको प्रयास हो र बैंकले ग्रहकहरुको अनुभव अभिबृद्घि गर्न डिजिटल माध्यममा नयाँ सेवाहरु निरन्तर पस्किने बैंकको भनाई छ ।

उक्त इन्टरनेट बैंकिङ्गको माध्यमबाट ठुला देखी साना कर्पोरेट हाउसहरुले घर वा कार्यालयबाटै हरेक वित्तीय आवश्यकताहरु तत्कालै प्राप्त गर्न सक्नेछन। एनएमबि बैंकको उक्त सरल र प्रभावकारी योजनाबाट एक बृहत कारोवारहरु जस्तै आफ्नो खाताको विवरणहरु हेर्न, सबस्क्राइव गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सकिने बैंकले जनाएको छ।

बैंकसम्म धाउनु पर्ने झन्झटबाट मुक्त भई निश्चित समयमै तलव पोष्टिङ्ग, कुनै पनि बैंकको कुनै पनि खातामा रकम स्थानान्तरण गर्न, ट्रेड फाइनान्स, कर्जा प्रोसेसिङ्ग लगायत अन्य विभिन्न व्यवसायीक कार्यहरु सम्बन्धि सेवा लिन सकिने उच्च कारोवार सीमा सहित सुरक्षाको नवीनतम संयन्त्रमा अत्याधुनिक पहु“च भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधाबाट लाभान्वित हुन सकिने बैंकद्घारा जारी प्रेष विज्ञप्तिमा उल्लेख छ ।