विश्वभर दैनिक एक लाख बढी मानिसमा कोरोना संक्रमण फैलँदै

0
Shares

विश्वभर कोरोना संक्रमणको दर झनझन् बढ्दै गएको छ। पछिल्लो केहि दिन यता दैनिक एक लाख बढी मानिसमा कोरोना संक्रमण देखिएको छ ।

गएको २४ घन्टामा विश्वभर एक लाख सात हजार ५ सय ४५ जना नयाँ संक्रमित थपिएका वल्र्डओमिटरले जनाएको छ। शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धरै कोरोना संक्रमित थपिएका छन्।

बिहीबार विश्वभर एक लाख ५ हजार ६ सय २९ जना नयाँ संक्रमित फेला परेका थिए। बुधबार पनि एक लाख बढीमा संक्रमण देखिएको थियो।

विश्वभर अहिलेसम्म संक्रमितको संख्या ५३ लाख ३ हजार ७१५ पुगेको छ। संक्रमितमध्ये ३ लाख ३९ हजार ९ सय ९२ को मृत्यु भएको छ। संक्रमित २१ लाख ५८ हजार भन्दा धेरै उपचारपछि निको भएका छन्। २७ लाख ६० हजार उपचारको क्रममा छन भने ४४ हजारु बढीको अवस्था गम्भिर छ।

शुक्रबार पुष्टि भएका नयाँ संक्रमित सबैभन्दा धेरै अमेरिकाका छन्। त्यहाँ हिजो एकै दिन २४ हजार २८ जना नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १६ लाख ४४ हजार ९ सय २५ पुगेको छ।त्यसपछि ब्राजिलमा १९ हजार ९ सय ६९ जना नयाँ फेला परेका छन्।

भारतमा शुक्रबार एकै दिन ६५ सय ६८ जना नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९८ पुगेको छ। संक्रमित मध्ये अहिलेसम्म ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ।

शुक्रबार भारतमा संक्रमणबाट १ सय ४२ जनाको मृत्यु भएको छ। त्यहाँ ५१ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन्।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणबाट ३ लाख ३९ हजार ९ सय ९२ जनाको मृत्यु भइसकेको छ।