पूँजी भन्दा धेरै नाफा कमाउने जीवन विकासले दुई लघुवित्त मर्जर गर्दै

0
Shares

चालु आर्थिक वर्षको ९ महिना अवधिमा नै चुक्ता पूँजीभन्दा करिब दुई गुणा धेरै नाफा आर्जन गरेको जीवन विकास लघुवित्तले अन्य दुई लघुवित्तसँग मर्जर प्रस्ताव पारित गर्न जेठ २५ गते आइतबार विशेष साधारण सभा बोलाएको छ।

लघुवित्तले सल्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र गरीबी न्यूनिकरण लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर, शेयर स्वाप रेसियो, संयुक्त मर्जर कमिटिले गरेका निर्णयहरु लगायतका प्रस्तावहरु पारित विशेष प्रस्तावका रुपमा राखेको छ ।

मर्जर पश्चात जीबन विकास लघुवित्तको नाममा एकीकृत कारोबार हुने र चुक्ता पूँजी, प्रबन्धपत्र तथा नियमावली संसोधन, नियमनकारी निकायबाट आएको निर्देशन अनुसार थप संसोभन तथा हेरफेर गर्ने तथा भविष्यमा अन्य संस्थासँग मर्जर प्राप्ती गर्न सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि साधारण सभामा रहेको छ।

मोरङ्गको कटहरीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त नेप्सेमा सूचीकृत छैन। १४ करोड चुक्ता पूँजी रहेको लघुवित्तले चालु आवको ९ महिनामा २७ करोड २५ लाख नाफा आर्जन गरिसकेको छ।