बैंकको सीईओका लागि योग्य हुनुहुन्छ ? पाँच दिन मात्र छ आवेदन दिने समय

0
Shares

तपाई बैंकको प्रमुख कार्यकारी अधिकृत हुने योग्यता राख्नुहुन्छ र बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेर कार्यरत हुनुहुन्छ वा एक संस्थाबाट अर्को संस्थामा जाखिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने ढिला नगर्नुहोस्।

राष्ट्र बैंकबाट ख वर्गको अनुमति प्राप्त एक राष्ट्रिय स्तरको विकास बैंकले आह्वान गरेको सीईओ पदका लागि आवेदन गर्ने समय अब पाँच दिनमात्र रहेको छ। सो विका बैंकको नाम हो ज्योति विकास बैंक।

जेठ १ गतेबाट रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदका लागि बैकले जेठ ४ गते नयाँ दर्खास्त माग गरेको छ। बैंकले जेठ १५ भित्र आवेदन दिइसक्न सार्वजनिक आह्वान गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृतका लागि कम्तिमा १५ बर्षको बैंकिङ अनुभव र १० बर्ष ब्यवस्थापकिय तहमा बसेर काम गरेको हुनुपर्ने उल्लेख छ । यस्तै बैंकले मागेको उक्त आह्वानमा ५५ बर्षभन्दा कम उमेरका उम्मेदवारले मात्रै आवेदन दिन सक्ने उल्लेख छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यकाल २ बर्ष बाँकी हुँदै जेठ १ गतेबाट बाहिरिएपछि रिक्त रहेको उक्त पदका लागि बैकले दर्खास्त आह्वान गरेको हो ।

बैंकले हाल पारसराज कँडेललाई कामु प्रमुख कार्यकारीको जिम्मा दिएको छ ।