राष्ट्र बैंकद्धारा ७ वटा विभाग र कार्यालयको नाम परिवर्तन,आगामी आवदेखि लागू हुने

0
Shares

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि (साउन १ गतेदेखि लागु हुनेगरि) आफ्ना सात वटा विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको छ। केन्द्रीय बैंकको गभर्नरस्तरीय निर्णयबाट नाम परिवर्तन गरेको हो।

परिवर्तित नामअनुसार अनुसन्धान विभागको नाम अब आर्थिक अनुसन्धान विभाग हुनेछ। सामान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग राखिएको छ भने सूचना प्रविधि विभाग महाशाखामा परिणत भएको छ।

त्यसैगरि संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम ब्यवस्थापन विभाग कायम गरिएको छ भने लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभागमा रूपान्तरण भएको छ।

केन्द्रीय बैंकले बैंकिङ कार्यालयको नाम बैंकिङ विभागमा परिणत गर्दा उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेशस्थित कार्यालय नामाकरण गरिएको छ।