हालसम्म ८७ जना ‘डिस्चार्ज’, आइतबार मात्रै १७ जनाले जिते कोरोना संक्रमण

हालसम्म ८७ जना ‘डिस्चार्ज’, आइतबार मात्रै १७ जनाले जिते कोरोना संक्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म ८७ जना ‘डिस्चार्ज’ भएको जानकारी दिएका छन्।

उनका अनुसार नारायणी अस्पताल उपचार रहेका सात र बुटवल धागो कारखानामा रहेका १० गरी आजै मात्र १७ जना डिस्चार्ज भएका हुन्। नारायणीमा डिस्चार्ज भएका बारा, पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय पुरुष रहेका छन् ।

प्रदेश नं १ मा २६, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा नौ, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा ३२ र सुदूरपश्चिम प्रदेशमा पाँचजना डिस्चार्ज भएका छन्। शुक्रबार एकै दिन नेपालगञ्जमा २१ जना डिस्चार्च भएका थिए।

अहिलेसम्म पिसिआरबाट ४८ हजार ८१५ र आरडिटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको जनाइएको छ ।

प्रकाशित मिति: ११ जेठ २०७७, आइतबार २१ : ४४ बजे